arrow

धनुषामा एउटै पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
dhanusa-girl-dead.jpg

जनकपुरधाम । धनुषामा एउटै पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । शुक्रवार मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा मुखियापट्टी मुसहरनीया गाउँपालिका स्थानीय जोगिन्द्र भगतकी १० बर्सिया छोरी चन्द्रकुमारी भगत, पल्टूँ यादवकी १२ बर्सिया छोरी लक्ष्मीनिया यादव, राजगिर पूर्वेकी १३ बर्सिया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ बर्सिया छोरी चाँदनी ठाकुर र उतिम साह तेलीकी १२ बर्सिया नातिनी ललित साह रहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

धनुषा प्रहरीका अनुसार गाउँलेहरूले जथाभाबी रूपमा मापदण्डको कुनै ख्याल नै नगरी आय आर्जनका लागि माछा पालनको नाममा पोखरी खन्दा यस्तो घटना निम्तिएको जानकारी दिए।

 जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घरबाट खाना खाएर दिउँसो करिब साढे १२ बजेको समयमा बालिकाहरू समूहमा बाख्रा चराउन गएको बेला माछापालाका लागि स्थानीय हुलास यादवले खेतमा खनाएको पोखरीमा नुहाउने क्रममा उनीहरू डुबेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले घटनास्थलको अवलोकन गरेपछि घटना बारे विस्तृत जानकारी दिएका छन् ।

 प्रहरी स्रोत का अनुसार बालिकाहरू घरबाट बाख्रा चराउन चौर तर्फ निस्किएको र सोही क्रममा सो पोखरीमा उनीहरू नुहाउनका लागि प्रवेश गरेको बताए ।

उनीहरूसँग अन्य दुई जना बालिका पनि थिइन् । तर उनीहरूले आफूहरू ननुहाउने भन्दै पोखरीमा पसेनन् । पाँचै जना नुहाई रहेको क्रममा डुब्दै गरेको देखेपछि ती दुई जना बालिका गाउँमा पुगेर स्थानीयलाई जानकारी गराए।

गाउँलेहरू तत्कालै घटनास्थलमा पुगेर हेर्दा उनीहरूको शव पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरी स्रोतले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ