arrow

राजेश हमालले दिए किस्पाङका कोरोना प्रभावितलाई स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
rajesh-hamal-manav-dharma.jpg

काठमाडौँ । अभिनेता राजेश हमालले किस्पाङ गाउँपालिकाका कोभिड–१९ प्रभावितहरूका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् । 

नेपाल मानव धर्म सेवा समितिले नुवाकोट जिल्ला स्थित किस्पाङ गाउँपालिकाका कोरोना प्रभावितहरूका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री अभिनेता हमालले हस्तान्तरण गरेका हुन् । 

शुक्रवार समितिको केन्द्रीय कार्यालय, गौशाला काठमाडौँमा समितिबाट प्रमुख महात्मा चमेली बाईँजी र अभिनेता हमालले किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र बहादुर लामालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ