arrow

आयुर्वेद स्वास्थ्य शिविरबाट छसय लाभान्वित

logo
प्रकाशित २०७३ असार २० सोमबार
गौशाला । महोत्तरी जिल्लाको मझौरा विसनपुर गाविसमा आयुर्वेद स्वास्थ्य शिविरबाट ६०० स्थानीय लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा सञ्चालित ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट मझौरा विसनपुरसहित वरपरका गाविसका ५९० जना लाभान्वित भएको केन्द्रका प्रमुख डा सुवोध मिश्रले बताए । 
 
सो शिविरमा उदररोग, अम्लपित, स्त्रीरोग, आँखारोग, बाथरोग, दम, रुघाखोकी, ज्वरोलगायतका बिरामीको निःशुल्क उपचार तथा निःशुल्क रुपमा औषधि प्रदान गरिएको डा मिश्रले जानकारी दिए । 
 
शिविरमा आयुर्वेद निरीक्षक जीतेन्द्रप्रसाद सिंह, जीतेन्द्र झा र नरेश महतोले बिरामीको उपचार तथा औषधि वितरणमा सहयोग गरे । 
 
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उद्घाटन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ का सांसद रामदयाल मण्डलले गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ