- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टिमुरे यातायात अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि रसियामा अध्यनरत नेपालका उच्च रेटेड युवा खेलाडी विवेक लामालेल हात पारेका छन्। उनले एघारौं चरणको खेलमा काठमाडौंका पुरुषोत्तम सिलवाललाई पराजित गरि साढे ९ अंक सहित सो उपाधि जितेका हुन्।
त्यस्तै फिडे मास्टर क्षितिज भण्डारीले साढे ८ अंक जोडेर दोस्रो स्थानमा रहे। उनले अन्तिम खेलमा भक्तपुरका निकेश कुस्थालाई हराएका थिए। अनरेटेड खेलाडी बिजेन्द्र सिंहले काभ्रेको बिजेश्वर श्रेष्ठलाई पराजित गरि साढे ८ अंक नै हात पारे पनि क्षितिजसंग प्रोग्रेसिभ अंकको आधारमा पछि परि तेस्रो स्थानमा रहे।
निकेन कुस्था, झापाका राजन सुवेदी, मकवानपुरका कृष्ण थापा, धनुषाका सुशील चौधरी, पुरुषोत्तम सिलवाल, काठमाडौका कल्यान पाण्डे र दोलखाका राजिव कार्की चौथोदेखि दशौं स्थानमा रहन सफल भए। अन्तिम चरणको खेलमा पराजित गरी ९ अंक जोडेर दोस्रो स्थानमा रहे। क्षितिज भण्डारी तेस्रो स्थानमा रहे।
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको उपाधि मिसन युथ क्पुलबका पुर्णिामा गुरुङले जिते भने दोस्रो र तेस्रो काठमाडौका रिया श्रेष्ठ र ताप्लेजुङका सुशिला गुरुङ भइन।
बुद्धिचाल डटकमको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा २००० मुनि रेटेडमा रामेछापका लक्ष्मण रेग्मी, १८०० मुनि रेटेडमा मकवानपुरका सबिन घिमिरे, १६००मुनिमा काभ्रेको रोशन रंजित र भेट्रानमा सप्तरीका सिंगेश्वर दास उत्कृष्ट ठहरिए ।
३२ जना खेलाडीहरुलाई नगद पुरस्कार रहेको प्रतियोगिताका बिजेता खेलाडीहरुलाई नुवाकोट जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष तथा टिमुर यातायातका अध्यक्ष ओम प्रकाश जोशीले आर्थिक सहयोग गरेका थिए। प्रतियोगितामा ९६ जना खेलाडीको सहभागिता रहेको थियो।