arrow

महामारीमा मास्क बाँड्दै सुदिप

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
sudip-sharma.jpg

रुपन्देही । पहिलो चरणको कोरोना महामारीले जनजीवनलाई कमजोर बनाएको र जुन, संक्रमणले मानवीय क्षति हुन थालेपछि, मानिसहरू भयले रात झैँ दिनमा घरमै बस्न बाध्य भए । अझ, सरकारले बाहिर नआउन भन्दै, लकडाउनको घोषणा पनि गर्‍यो । 

लकडाउन अवधिमा कुनै पनि, मानिस अत्यावश्यक भन्दा घर बाहिर निस्किन रोक लगाउँदै, नियमनका लागि प्रशासनलाई परिचालन गरियो । सबै क्षेत्र बन्द भए । सडक सुनसान बन्न पुग्यो । अझ, दोस्रो चरणको नयाँ भेरियन्टले आक्रामक रूपमा लुम्बिनी प्रदेश सहित अन्य प्रदेशमा विकराल रूप लियो । जसले गर्दा, मानव जीवन त्रासमा रहँदै आएको छ । 

तर, अधिकांश नागरिक कोरोना घरभित्र बसेर बच्न सकिन्छ, भन्ने उपाय खोज्दै, गरेका वेला रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकी नगरका सुदिप शर्मा नागरिकको दैनिकी अभाव र स्वास्थ्यलाई कोरोना वाट जोगाउन लगाइने मास्क लिएर विभिन्न अग्रस्थानमा रहेर काम गर्ने निकाय र व्यक्तिहरूलाई भेटेर मास्क बाँड्दै हिँडेका छन् ।

पहिलो चरणको संक्रमणका वेला विभिन्न संस्था र व्यक्तिले बाँडे पनि, दोस्रो चरणमा भने, कसैले नबाँडेका वेला, उनै सु्दिप मास्क र विपन्नको घरमा खाद्यान्न लिएर बाँड्दै हिँडेका छन् । विद्यार्थी जीवन देखि राजनीतिमा होमिएका उनी केही समय अगाडि मात्रै काठमाण्डौं छोडेर, गृह जिल्ला रुपन्देहीमा अहिले समाज सेवामा तल्लीन छन् । 

निःशुल्क रूपमा मास्क बाँड्दै आएका सुदिपले, केही व्यक्ति तथा उत्पादकहरूले दिएको सहयोग वितरण गरे, भने, पछिल्लो समय मास्क भने, आफै बाँडिरहेका छन् । विशेष गरी समाजमा रहेर अग्रस्थानमा काम गर्ने सुरक्षाकर्मीलाई उनका कार्यालय र सडकका चोकमा पुगेर स्वास्थ्य सामाग्रीहरू, मास्क र स्यानिटाइजर बाँड्दै आएका छन् । 

सरकारी स्तर वाट कुनै स्वास्थ्य सामाग्री नपाएका सुरक्षाकर्मीहरू निकै जोखिम मोलेर जनताको सेवामा खटिँदै आएकाले, घरभित्र बसेका भन्दा पनि बढी असुरक्षित महसुस गरेका कारण आफूले बाहिर खुल्ला रूपमा खटिएर काम गर्दै आएका जोखिम योद्धाहरूलाई सहयोग गर्ने उद्देश्यले मास्क बाँडेको उनै सुदिप बताउँछन् । 

मस्क विना बाहिर हिँड्दा, कतै कोरोना सर्छ कि भन्ने डरले, डराउँदै डिउटी गर्न बाध्य भएकाहरूलाई मास्क र स्यानिटाइजरको प्रबन्ध मिलाएर बाँड्दै हिँडेको उनको भनाई छ । उसो त, आफू पनि कोरोनाको उच्च संक्रमणको त्रासदीलाई मोल्दै सेवामा निरन्तर लागि परेका छन् ।

मास्कको प्रयोगले धेरै हद सम्म बाह्य जीवाणुहरूलाई रोक्ने भन्दै, मास्कलाई प्रयोग गर्ने कुरामा भुल्न नहुने उनको सुझाव छ । तिलोत्तमा नगर भित्र बस्ने लकडाउनका कारण दैनिकी गुजार्न समस्यामा परेका केही विपन्न वर्गहरूलाई खाद्यान्न वितरण कार्यमा पनि जुटे । दृष्टि विहीन परिवार, एकल महिला र लकडाउनले बेरोजगार बनेकाहरूको भोको पेटको सारथि वने । उनलाई साथ दिने केही व्यक्ति पनि थिए भने, उनले नेतृत्व लिए ।

केही समयको बिचमा मायाले भरिएको पोषणयुक्त (टिफिन बक्स) अभियान मार्फत २ सय भन्दा धेरै कोभिड बिरामी, स्वास्थ्यकर्मी लगायत अस्पतालका अन्य अग्रस्थानमा रहेर काम गर्नेहरूलाई तयार गरिएको ग्रेभी चिकेन, चिउरा तथा पिनट्स फ्राई समेत प्रदान गरे । 

जुन, वितरण अभियानमा उनलाई नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, सुजन पुन र सञ्जय पाण्डे लगायतले सघाएको बताए । वैशाख २९ गते उनले मङ्गलापुर स्थित रहेको इलाका प्रहरी कार्यालय, बुटवल भैरहवा सडक खण्डमा पर्ने मङ्गलापुरमा रहेको अस्थायी टाफिक पोस्ट, योगिकुटी स्थित अस्थायी प्रहरी चौकी र बुटवलको देविनगर स्थित अस्थायी प्रहरी चौकीलाई ३ सय प्रति मास्क र स्यानिटाइजर वितरण गरेको जनाए । 

समाज सेवा रमाउँदै गएका सुदिपले, अव समाजलाई हरेक सूचना प्रवाह गरेर सुसज्जित गराउने र सूचना सङ्कलनका लागि ज्यानको वाजी मारेर दौडिने सञ्चारकर्मीहरूलाई मास्क, स्यानिटाइजर र ग्लोबस वितरण गर्ने सोच बनाएको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ