arrow

नगरपालिकाले भ्रष्टाचार गरेको भन्दै बाख्रासहित युवाहरूको प्रदर्शन

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
boka.JPG

मोरङ । मोरङको बेलबारी नगरपालिकाको गेटमा सोमबार मध्यान्ह बेलबारीका सचेत युवाहरूको समूहले बाख्रा सहित प्रदर्शन गरेका छन् । 

दुई साताअघि बेलबारी नगरपालिकाले किसानहरूलाई अस्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा वितरण गरेको भन्दै किसानहरूको आँखामा छारो हालेको र १ करोड बढी नगरपालिकाले भ्रष्टाचार गरेको भन्दै सचेत युवाहरूले दबाबमूलक कार्यक्रमका रूपमा प्ले कार्ड झुन्डाइएका बोकासहित प्रदर्शन गरेका हुन ।

युवाहरूको समूहले आइतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा सोही विषयमा उजुरी समेत गरेका छन् । नवलपरासीबाट बाख्रा ल्याएर अस्ट्रेलियन बोयर भन्दै किसानको आँखामा छारो हाली भ्रष्टाचार गरेको भन्दै यति बेला बेलबारी नगरपालिकाको चौतर्फी आलोचना भइरहेको छ ।

हामी विदेशी बोका होइनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपरासी हो, हामीलाई विदेशी भन्न पाइन्न, हामी जहाज चढेर आएका होइनौँ, विदेशी भनेर हाम्रो बेईज्जत नहोस्, लगायतका दर्जनौ नाराहरू लेखिएका प्ले कार्ड झुन्डाइएका बोका सहित प्रदर्शन गरिएको हो । 

बेलबारीका सुजित बस्नेत,खेम गौतम,रिक्त गुरुङ, कमल सुब्बा, बिशाल थापा,ऐश्वर्यप्रसाद आचार्य (विपिन) लगायतका युवाहरूको नेतृत्वमा दर्जनौँ युवाहरू विरोध प्रदर्शन सहित नगरपालिका पुगेका थिए । अविरल वर्षाका बिच पनि उनीहरूले बोका सहित प्रदर्शन गरेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ