arrow

सर्लाहीमा एक साता निषेधाज्ञा थप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
sarlahi-lockdown.jpg

सर्लाही । सर्लाहीमा फेरि एक साता निषेधाज्ञा लम्ब्याइएको छ । सोमवार दिउँसो सदरमुकाम मलङ्गवामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 जिल्लामा कोरोना सङ्क्रमण जोखिमको अवस्था समीक्षा गर्दा सङ्क्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआइसकेको हुँदा निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । सर्लाहीमा यो समेत गरी छैटौँ पटक निषेधाज्ञा जारी भएको छ । 

गएको वैशाख २५ गतेबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । पाँचौँ पटक थपिएको निषेधाज्ञाको अवधि सोमवार राती १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा थपिँदै लगिए पनि पछिल्ला दिनहरूमा खुकुलो पार्न थालिएको छ । 

अत्यावश्यक वस्तु बिक्री हुने पसल व्यवसाय मात्रै बिहान १० बजेसम्म खोल्ने भन्ने निर्णय भए पनि बजारका सबैजसो पसल व्यवसाय खुल्न थालेका छन् । भाडाका गाडीहरू सञ्चालन भइसकेका छैनन् । मोटरसाइकल, टेम्पुलगायतका सवारी भने निर्बाध गुडिरहेका छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट सोमवार दिउँसोसम्ममा दुई हजार १११ जना सङ्क्रमित भएका छन् । तीमध्ये एक हजार ५६ जना सङ्क्रमित निको भइसकेका छन् । ७९ जनाको मृत्यु भएको छ । 

जिल्लामा अहिले ८९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । गएको २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ भने ६ जना नयाँ सङ्क्रमित थपिएका छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ