arrow

किसानहरुको समस्या समाधान गर्न महासंघद्वारा पाँच बुँदे माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
Ilam_tea.jpg

काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ इलामले कोरोना भाइरसको महामारी तथा निषेधाज्ञाका कारण किसानहरु गम्भीर समस्यामा परेको भन्दै तत्काल  किसान विशेष प्याकेज घोषणा गर्न माग गरेको छ ।

महासंघ इलामका अध्यक्ष विष्णुप्रसाद दुलालले बुधबार एक विज्ञप्ति जारी गर्दै खेती लगाउने समयमा रासयनिक मलको चरम अभाव भएको तथा किसानले आफ्नो उत्पादन उधारोमा विक्री गरिरहनु परेकाले सरकारलाई गम्भीर बन्न माग गरेका हुन् ।

महासंघको मंगलबार बसेको बैठकले किसानहरुले भोग्दै आएका समस्याहरुको विषयमा व्यापक छलफल गरि तीनै तहका सरकारलाई किसानका समस्याको विषयमा जानकारी गराउने र आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

महासंघले पाँच बुँदे समस्या र मागहरु सार्वजनिक गर्दै चिया तथा दुग्ध जस्ता संबेदनशिल कृषि बस्तुहरु किसानले उधारोमा बेच्न बाध्य हुनुपरेकाले मागहरु सम्बोधन गर्न अपिल समेत गरेको छ ।

१.सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले चार महिनादेखि किसानबाट खरिद गरेको दुग्धको मुल्य भुक्तानी गर्न सकेको छैन । उत्पादित सामाग्री विक्री नभएको भन्दै किसानको दुग्धको मूल्य भुक्तानी नगर्नु गैरजिम्मेवार कार्य हो भन्ने महासंघको ठहर छ  । महासंघ दुग्ध उत्पादक कृषकको सम्पूर्ण रकम एकमुष्ठ भुक्तानी गर्न सरकारसँग माग गर्दछ । 

२.इलाम जिल्लाका कृषकहरु लामो समयदेखि रासयनीक मलको चरम अभाव झेली रहेका छन् । खेतीको समयमा पनि किसानले मागेजती मलको व्यवस्था गर्न नसक्नु किसान माथी सरकारले गरेको जयादतीको अर्को कडी हो भन्ने महासंघको ठहर छ । महासंघ मल आपुर्तीलाई सहज बनाउन र मलमा भइरहको कालोबजारी, घुसखोरी र कमीशनको खेललाई रोक्न आवश्यक पहल गर्न सरकारसंग जोडदार माग गर्दछ । 

३.चियाको राजधानी भनेर चिनिएको इलामको सूर्योदय नगरपालिका सहितको क्षेत्रमा किसानले फष्ट फ्लस चियाको हरियो पत्तिको मुल्य नै निरासाजनक रुपमा प्राप्त गरेको, कारखाना र स्थानीय सरकारको समन्वयको अभावका कारण किसान मारमा परिरहेकाले हरियो पत्तिको न्यूनतम समर्थन मूल्य तोक्न नेपाल सरकारसहित सम्पूर्ण सरोकारवालासंग माग गर्दछौं। 

४.कृषिलाई नेपाली अर्थतन्त्रको आधारको रुपमा मानिने नेपालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत किसानलाई छुने खाल्को कृषि ऐन नबनाएको बर्तमान अवस्थमा महासंघ तीनै तहको सरकार समक्ष तत्काल कृषकको भावना समेट्ने प्रकारको कृषि ऐन जारी गर्न माग गर्दछौं । 

५.महामारीको समयमा किसान विशेष प्याकेज घोषणा गर्न महासंघ आव्हान गर्दछ ।
                                                                                                                                         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ