arrow

डा.रिजालद्वारा मोरङ क्षेत्र नं.२ मा राहत सहयोग 

logo
किरण न्यौपाने,
प्रकाशित २०७८ असार २ बुधबार
minendra.jpg

रङेली । नेपाली काँग्रेसका केन्द्रीय डा. मिनेन्द्र रिजालले मोरङ क्षेत्र नं.२ मा राहत उपलब्ध गराएका छन् ।  कोरोनाको पहिलो कहरमा बिचल्लीमा परेका निर्वाचन क्षेत्रका जनताहरूलाई उद्धार र राहतका लागि मोरङ क्षेत्र नं.२ का सांसद डा. रिजालले सहयोग उपलब्ध गराएका हुन् । 

डा.रिजालले निर्वाचन क्षेत्रका अति विपन्न परिवारलाई महिना दिनसम्म दुई छाक खान पुग्ने गरी सामाजिक अभियन्ता मार्फत सहयोग उपलब्ध गराएका हुन् ।डा.रिजालले महामारीमा रोगसँगै भोकले कोही विपन्न चिन्तित हुन नपरोस् भनी सुनवर्षि सहयोग अभियान मार्फत निर्वाचन क्षेत्रका तत्काल एक सय परिवारलाई महिना दिन दुई छाक खान पुग्ने गरी खाद्यान्न सहयोग उपलब्ध गराएको स्वकीय विकास सिवाकोटीले जानकारी दिए । 

डा.रिजालले सुनवर्षि सहयोग अभियन्ता सदस्य वीरेन्द्र कुमार साह मार्फत १ लाख ७० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।  अभियन्ताले सो सहयोग मार्फत मोरङ क्षेत्र नं.२ को सुनवर्षि, रतुवा माई, कानेपोखरी र रङेली नगरका अति विपन्न परिवारलाई प्रति परिवार १ हजार सात सय रुपैयाँ बरावरको दाल, चामल, दाल, नुन, तेल लगायतको सहयोग उपलब्ध गराउने योजना रहेको काँग्रेस युवा नेता अषिस कार्कीले बताए । 

यस अघि डा.रिजालले क्षेत्रका जनतालाई कोरोनाका कहर बाट जोगिनका लागी २० हजार मास्क सहित स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । सुनवर्षि सहयोग अभियन्ताले दोस्रो कोरोना लहरमा एक महिना यता देखी अति विपन्न परिवारलाई जनसहयोग बाट राहत सामाग्री उपलब्ध गराउँदै आएका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ