- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पशुपति क्षेत्रमा रहेको भूकम्पबाट क्षतिग्रस्त राम मन्दिरको पुनर्निर्माण हुने भएको छ । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको पुनर्निर्माण शुरु भएको हो ।
मन्दिरको पुनर्निर्माणको शिलान्यास आइतवार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरियाले आइतवार मन्दिरको शिलान्यास, निरीक्षण एवं पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकाल पनि मन्त्री अरगरियाको साथमा थिए ।
शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताएका छन् । विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने भन्दै मन्त्री अरगरियाले राम मन्दिरको पुननिर्माण पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा हुने बताएका छन् ।