- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीलगायतका स्थानमा आएको बाढी पहिरोबाट पीडितहरुका लागि कलाकारहरुले राहत सहयोग अभियान संचालनमा ल्याएका छन् ।
बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका सिन्धुपाल्चोकका स्थानीयबासीको सहयोगका लागि कलाकारहरु जुटेका हुन् ।
मेलम्ची नदीमा आएको बाढीले भत्काएको संरचना पुनर्निर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन गरेपछि कलाकारहरु अभियानमा जुटेका हुन् ।
अभिनेत्री करिश्मा मानन्धरले आर्थिक सहयोगको घोषणा गर्दै ओत लाग्ने छानोको व्यवस्था गर्न एक लाख प्रदान गर्ने घोषणा गरिसकेकी छन् ।
त्यस्तै नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् । निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का पनि मेलम्ची पुगेर राहत वितरण गरेका छन् ।
नायिका वर्षा सिवाकोटीले पनि राहत सामग्री उपलब्ध गराउन सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरु गरेकी छन् ।