arrow

अन्तर्राष्ट्रिय उडानमा चर्को शुल्क असुल्ने एजेन्सीलाई कारवाही गरिने, सरकारले बनायो छानविन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
tourism.jpg

काठमाडौं । नियमित अन्तर्राष्ट्रिय हवाई उडानका क्रममा केही ट्राभल्स एजेन्सीहरुले मनपरी भाडा असुलेकोबारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

कोभिड १९ को महामारी संक्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न गत बैशाख १९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार सिमित अन्तर्राष्ट्रिय उडान भइरहेको अवस्थामा केही ट्राभल्स एजेन्सीहरुले तोकिएको भाडादर भन्दा चर्को भाडा असुलेको गुनासो आएपछि छानविनका लागि समिति गठन गरिएको मन्त्रालयका सहसचिब तथा प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महानिर्देशक पोखरेल संयोजकत्वमा गठन गरिएको छानविन समितिको सदस्यहरुमा पर्यटन मन्त्रालयकै उपसचिव नरहरि घिमिरे, पर्यटन प्रहरी तर्फका प्रहरी निरिक्ष चन्द्रकिशोर साह, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका निर्देशक देबचन्द्र लाल कर्ण र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल रहेका छन् ।

उक्त समितिले भाडा असुलीबारे अनुसन्धान तथा आवश्यक छानवि गरी कानुनी कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गर्नेछ ।

अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा ब्रम्हलुट, मन्त्रीदेखि कर्मचारीसम्म कमिसनको खेलमा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ