arrow

नेपाल प्रहरीका १६ डीआइजीको सरुवा,  को-कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
nepal-police12.jpg

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानीरिक्षकहरु (डिआईजी) को सरुवा भएको छ ।

गृहमन्त्री खगराज अधिकारीले सोमबार सातै प्रदेशको नेतृत्वमा रहेका, सिआइबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआइजीको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा धिरजप्रताप सिंहको सरुवा भएको छ । उनी प्रदेश-२ प्रहरी कार्यालयमा प्रमुख थिए ।

यसैगरी प्रदेश-१ प्रहरी कार्यालय विराटनगरमा डीआईजी अरुणकुमार बिसीलाई पठाइएको छ । यसैगरी प्रदेश २ मा उमेश रञ्जितकारको सरुवा भएको छ । यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रकाशजंग कार्की पुगेका छन् ।

गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा मुकुन्द आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रहरी कार्यालय दिपायलमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । प्रदेश १ मा रहेका डीआइजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय नक्साल ल्याइएको छ ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा रहेका डीआइजी वसन्त लामा प्रहरी महानीरिक्षकको सचिवालमा आएका छन् । यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयमा प्रमुख रहेका घनश्याम अर्यालको विशेष ब्यूरोमा सरुवा भएको छ ।

यसैगरी लुम्बिनीमा रहेका रबिन्द्र धानुकको प्रधान कार्यालयमा रहेको कार्य एवम् अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै कणरलीमा रहेका वसन्त पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ल्याइएको छ ।

यस्तै सुदुरपश्चिम प्रहरी कार्यालयमा रहेका डीआइजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सिआइबीका सहकुल थापालाई प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय निर्देशनालय लगिएको छ ।

प्रहरी महानीरिक्षकको सचिवालयमा रहेका प्रकाश अधिकारीको मानव स्रोत एवम् प्रसासन विभाग आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ