- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ ।
प्रधान कार्यालयले सोमबार एसएसपीहरुको सरुवा गरेको हो । प्रधान कार्यालयद्धारा प्रकाशित सरुवा सूची अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा रहेका एसएसपी उमेशराज जोशीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा भएको छ ।
यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट एसएसपी मीरा चौधरीलाई प्रदेश-१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।
यस्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर रहेका श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।
एसएसपी कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना तथा विकास निर्देशनालय र टेकबहादुर तामाङलाई १ नम्बर प्रदेश कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।
यस्तै नलप्रसाद उपाध्यायलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, राजेन्द्रप्रसाद चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पुर्याइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका एसएसपी दिपक थापालाई प्रदेश-२ प्रहरी कार्यालय जनकपुर शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।
चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विक्रमबहादुर चन्दलाई डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा गरिएको छ ।