arrow

‘एमाले एकता सिक्किममा राजा नाम्ग्याल र काजी लेन्डुपको अवस्था जस्तो नहोस’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
bishnu_risal.jpg

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी जेठ २ गतेमै फर्किएर एकता गर्न ढिला गर्न नहुने बताएका छन् ।

नेता रिजालले मंगलबार सामाजिक संजालमार्फत जेठ २ मा फर्किन नेताहरू सहमत भइसकेपछि एमालेको एकतामा विलम्ब हुनुपर्ने बैध कारण नभएको उल्लेख गरेका छन् ।

यसअघि एमालेभित्रको समस्या राजनीतिक हो र यसको निकास राजनीतिक रुपमा खोज्नुपर्ने साथै निकास खोज्न जति ढिलो हुन्छ थप बेइज्जत भोग्नुपर्ने बताउँदै आएका उनले एकतामा ढिला गर्न नहुने बताएका हुन् ।

नेता रिजालले ७० को दशकमा सिक्किममा राजा नाम्ग्याल र काजी लेन्डुपलाई भिडाउनेहरू सॉझ एउटै टेबुलमा बसेर योजना बनाउँथे भन्ने थाहा पाउँदा निकै ढिलो भइसकेकाले त्यस्तो हुन नदिन चनाखो हुनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले एमाले मिलाउने गरी गरेको आदेशमा समेत भ्याकेट निवेदन लिएर ओली समूह फेरि अदालत गएपछि माधवकुमार नेपाल समूह शंसकित बनेको छ ।

२०७५ जेठ २ को अबस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशबिरुद्ध भ्याकेट दिएर ओलीले एमाले एकताको ढोका बन्द गरेको भन्दै नेपाल पक्ष आक्रोशित बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ