arrow

इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
dead2.jpg

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–११, गम्हरिया पल्सी टोलमा बुधवार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृतक दाजुभाइ हुन् । स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारीको गाउँ नजिकै रहेको इँटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक बालकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ । बालकहरूको डुबेर मृत्यु भएको इँटा उद्योग पूर्व सभासद् जंगिलाल रायको हो ।

इँटा उद्योगमा कामदारहरू भएको समयमा कसैलाई पनि छेउछाउमा आउन नदिने गरेको भए पनि बुधवार बिहान भने उद्योगमा कामदारहरू नभएको समयमा बालकहरू पौडी खेल्न जाँदा दुःखद घटना भएको गम्हरियाका वडाध्यक्ष नन्द किशोर रायले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ