arrow

क्षीरेश्वरनाथ नगरपालिकाले आठौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ असार ९ बुधबार
mayor-yogendra-chhireshwor.jpg

धनुषा। क्षीरेश्वरनाथ नगरपालिकाले आठौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ६१ करोड २४ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ ।  बुधवार महेन्द्रनगरमा आयोजित आठौं नगर सभामा नगर प्रमुख योगेन्द्र पजियारले ०७८/०७९ को बजेट  प्रस्तुत गरेका छन् । 

बजेटमा कृषि, सिँचाई र स्थानीय बजारलाई बढी जोड दिएको हो। यस्तै अगामी बजेटमा बस्तीबाट वडा केन्द्र जोड्ने सडक, वडाबाट केन्द्र जोड्ने अधुरा सडकहरूलाई विशेष प्राथमिकता दिएका हुन् ।

मेयर पजियारले बजेटमा केन्द्रबाट प्राप्त हुने समानिकरण अनुदान, सशर्त, सन्पूरक अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण, सशर्त, सन्पूरक, सवारीसाधन कर, मालेपात कार्यालयबाट घरजग्गा रजिष्ट्रटेसन कर तथा विशेष अनुदान कार्यक्रम र आन्तरिक आयलाई समेटेर सो अनुमानित बजेट सार्वजनिक गरे।

नगर प्रमुख योगेन्द्र पजियारकै अध्यक्षतामा भएको आठौं नगर सभा भएको हो ।  नगर सभामा बोल्दै मेयर  पजियारले चालु आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र तथा आन्तरिक स्रोतबाट करिब ६७ करोड २७ लाख ५१ हजार प्राप्त भएको र सो मध्ये नगर क्षेत्रको विकासका लागि हालसम्म ३२ करोड ६५ लाख १० हजार खर्च भएको जानकारी गराए।

नगरमा नगर यातायात गुरु योजना निर्माण गरी लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाले समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रदेश २ को राजधानी जनकपुरधामको प्रदेशद्वारको  रूपमा  रहेको यस नगरपालिकालाई हरित सडकको व्यवस्था गरिने, दुधमति पोखरी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा  विकास, स्थानीय सरकार जनतासँग कार्यक्रमको व्यवस्था मिलाउने र प्रत्येक महिना वडा कार्यालयमा जनप्रतिनिधिसँग जनताको प्रत्यक्ष संवाद कार्यक्रम गर्ने जस्ता योजनाहरू नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका हुन् ।

सो खर्चमध्ये चालुमा ५ करोड ३१ लाख ६६ हजार र पुँजिगत, सामाजिक सुरक्षा तथा अन्य कार्यक्रम खर्च रु. २७ करोड ३३ लाख ३४ खर्च भएको  जानकारी गराए।

चालु खर्चको तुलनामा विकास खर्च सन्तोषजनक भएको मेयर  पजियारले दाबी गर्दै लक्ष्यको तुलनामा खर्च कम हुनुमा कोभिड १९ को कारण भएको बन्दाबन्दी, केन्द्र तथा प्रदेश बाट प्राप्त हुने अनुदानको निकासा समयमा प्राप्त नहुनु, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालनमा अन्यौलता आदि रहेको प्रष्टाए । 

मेयर पजियारले  यस अवधिमा भौतिक प्रगति ९० प्रतिशत भन्दा बढी भई भुक्तानीको लागि फाइल पेश हुने क्रममा रहेको पनि जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ