arrow

सर्लाहीको बरहथवामा दुई गाउँबिच दोहोरो झडप, २० जनाभन्दा बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
sarlahi.png

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा दुई गाउँबिच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्।  नगरपालिका वडा नम्बर १७ पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबिच बालबालिकाको झगडाको विषयलाई लिएर झडप भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए। 

बालबालिकाले जामुनको विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएका डिएसपी भाटले बताए ।  बुधवार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरि चोटपटक लागेको घटनास्थलबाट डिएसपी भाटले बताए। झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका प्रहरीले जनाएको छ। 

यद्यपि अहिले झडप नियन्त्रणमा आएको र घाइतेलाई उपचारको प्रबन्ध भइरहेको जनाइएको छ। झडप नियन्त्रणमा लिन पुगेका केही प्रहरी समेत सामान्य घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ