arrow

संसदीय सुनुवाइबिना नै संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
bidhyadevi.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई राष्ट्रपति भण्डारीले संसदीय सुनुवाइबिना नै नियुक्त गरेकी हुन् ।

संवैधानिक परिषद्ले वैशाख २६ गते लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका लागि २० पदाधिकारीको सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन् ।

यद्यपि, संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनीहरूको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

यी हुन् विभिन्न निकायमा नियुक्त भएका पदाधिकारी

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ