arrow

हुम्लाका सातवटा गाउँपालिकामा चारले मात्र ल्याए बजेट

logo
जनकबहादुर शाही 
प्रकाशित २०७८ असार १० बिहिबार
budget-2078-79.jpg

हुम्ला। हुम्लामा रहेका ७ वटा गाउँपालिकामा ४ वटा गाउँपालिकाले मात्र बजेट ल्याएका छन् । बिहिबार बजेट ल्याउने गाउँपालिकाले आर्थिक वर्ष ०७८।७९ को लागि २७ करोड देखि ४६ करोड सम्मको बजेट ल्याएका हुन । 

बजेट ल्याउनेमा सिमकोट, खार्पुनाथ, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् । चार वटा गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । बिहीबार बजेट ल्याउने पालिकाहरूमा सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि ४६ करोड ४६ लाख ४५ हजार, खार्पुनाथले ३६ करोड ६९ लाख ११ हजार, ताँजाकोटले ३१ करोड १९ लाख र अदानचुलीले २७ करोड ९८ लाख ६२ हजारको को बजेट ल्याएका छन् । 

हुम्लामा ४ वटा गाउँपालिकाले मात्र तोकिएको मितिमै बजेट ल्याएका छन् । नाम्खा गाउँपालिकाको गाउँ सभा आजै हुने भनिएको भए पनि वडा नं. ६ मा पर्ने हिमाल पारिको गाउँ लिमिबाट प्रतिनिधि आउन नसक्ने भएकाले असार १८ गते गाउँ सभा गर्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताएका छन् । 

चेखेली गाउँपालिकाको गाउँ सभा १५ गते हुने भएको छ भने सर्केगाड गाउँपालिकको गाउँ सभा कहिले हुने सोको यकिन नभएको सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए । बिहीबार बजेट ल्याएका ४ वटै गाउँपालिकाले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सडक, कृषि उद्यमशीलता, मर्मत साभार र आयआर्जनका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ