arrow

शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
sivasagar.jpg

काठमाडौं । शिवसागर खड्काको स्वरमा सजिएको गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 
बिहीबार सार्वजनिक गरिएको सो गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् ।

नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काले आवाज भरेका छन् । निर्देशक विशालको आफ्नै शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् ।

बिग नेपाली फिल्ममार्फत सार्वजनिक म्युजिक भिडियोको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताए ।

गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ’ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ