arrow

साउथ चाइना सिको विवादित जलक्षेत्रमा फिलिपिन्सले नौसेना जहाज पठाउँदै

logo
एजेन्सी
प्रकाशित २०७८ असार ११ शुक्रबार
south-china-sea1.jpg
फाइल तस्बिर

काठमाडौँ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुट्रेटले साउथ चाइना सिको विवादित जल क्षेत्रमा आफ्नो नौसेना जहाज पठाउने चेतावनी दिएका छन्। उनले उक्त विवादित क्षेत्रमा रहेको तेल र बहुमूल्य खनिजको सुरक्षाका लागि आफ्नो सेना पठाउन लागेको जनाएका छन्।

फिलिपिन्स र चीनबीच पछिल्लो समय तनाव सिर्जना भएको छ। फिलिपिन्सको सार्वभौम क्षेत्रमा सयौँ चिनियाँ जहाज फेला परेपछि फिलिपिन्स र चीनबीच तनाव बढेको हो। विस्टन् रीफ आफ्नो विशेष आर्थिक क्षेत्र भित्र रहेको दाबी गर्दै त्यसको सुरक्षाका लागि फिलिपिन्स तयार रहेकोसमेत उनले जनाएका छन्।

सोमबार एक टेलिभिजन कार्यक्रममा बोल्दै राष्ट्रपति डुट्रेटले आफ्नो सार्वभौममाथि आँखा नगाड्न चीनलाई चेतावनी दिएका हुन्। उनले भने, "मलाई उक्त क्षेत्रमा माछा मार्ने कुनै इच्छा छैन। मलाई लाग्दैन कि त्यहाँ झगडा गर्नुपर्ने जति माछा पनि छैनन्। तर, हामीले जब त्यहाँ उत्खनन गछौं, त्यसपछि त्यहाँ कसैले पनि आँखा गाड्न मिल्दैन।"

त्यस समय उक्त क्षेत्रमा फिलिपिन्सका नौसेना जहाजहरू पठाउन थालिएको हो। लामो समयदेखि चिनियाँ जहाजहरू उक्त क्षेत्रमा रहेको छन्। चीनले उक्त क्षेत्रबाट आफ्नो सेना फिर्ता नलिने जनाइसकेको छ। यस कारण उक्त क्षेत्रमा फेरि झडप हुने स्थिति सिर्जना भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ