arrow
ADVERTISEMENT

डोटीका आठ स्थानीय तहले ल्याए बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
budget-2078-79-pm-oli.jpg

डोटी।  नौ वटा स्थानीय तह रहेको डोटीका आठ स्थानीय तहले बिहिबार आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन्। पूर्वीचौकी गाउँपालिका बाहेकका सबै पालिकाले आगामी आर्थिकको बजेट प्रस्तुत गरेका छन्।   

जसअन्तर्गत बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ४० लाख १७ हजारको बजेट पारित गरेको छ। उपाध्यक्ष भगवती देवी बमले नवौं गाउँ सभामा बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटमा चालूतर्फ २८ करोड ७ लाख ४९ हजार र पुँजीगततर्फ १३ करोड ३२ लाख ६८ हजार छ। पालिकाले क्रमशः स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्रमुख प्राथमिकता दिएको छ।           

यस्तै सायल गाँउपालिकाले पनि आर्थिक वर्ष २०७८-७९ का लागि ३६ करोड २४ लाख ८० हजार बराबरको बजेट पारित गरेको छ। पालिकाले स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्रमुख प्राथमिकता दिएको छ।

उता दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ का लागि ५५ करोड ८० लाख ६५ हजार बजेट पारित गरेको छ।

जोरायल गाउँपालिकाले ४६ करोड २२ लाख ५४ हजार बराबरको बजेट पेस गरेको छ। चालुगततर्फ  ३६ कारोड ३८ लाख ४४ हजार र पुँजीगततर्फ रु ९ कारेड ६९ लाख ४९ हजार ५ सय विनियोजन गरेको छ। कृषि स्वास्थ्य, खानेपानी लगायत क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दुर्गा ओझाले जानकारी दिए।

उता केआइसिंह गाउँपालीकाले ३६ करोड ५९ लाख ८६ हजार बराबरको बजेट पेस गरेको छ। पुँजीगततर्फ ९ करोड ७ लाख र चालुतर्फ १० करोड १२ लाख ४३ हजार विनियोजन गरेको गाउँ पालिका उपाध्यक्ष मिना विष्टले बताइन् ।

आर्दश गाउँपालीकाले ४७ करोड १७ लाख ४७ हजार बराबरको बजेट पेस गरेको गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए। गाउँपालिकाले आर्थिक वर्ष २०७८-८९ को लागि विशेष गरी भौतिक पूर्वाधार विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, सीपमूलक आयआर्जन तथा रोजगारीलाई बजेटको पहिलो प्राथमिकतामा राखेको छ।

यसै गरी बडीकेदार गाउँपालिकाले पनि ३४ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ। बडिकेदार गाउँपालिकाको नवौँ गाउँ सभाबाट गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले नीति तथा कार्यक्रम प्रस्तुत गरे। जसबाट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, कृषि, पर्यटन र संस्थागत विकासमा टेवा पुग्ने अपेक्षा गाउँपालिकाको छ। विभिन्न विषयगत क्षेत्र जस्तै स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लक्षित वर्गलाई सम्बोधन गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही बमोजिम स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिएर डोटीका आठ स्थानीय तहले बजेट पेस गरेका हुन्। तर, पूर्वीचौकी गाउँपालिकाले भने विवादका कारण यस वर्ष समयमा बजेट पेस गर्न नसकेको अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। स्थानीय तहले यस अघिका अधुरा योजना कार्यान्वयन गर्ने बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष पनि भएकाले विकासका क्षेत्रमा बढी बजेट विनियोजन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ