आर्थिक मुद्दाहरू हल हुने तुलाको योग, यस्तो हुनेछ समग्र शनिवार
ज्यो. हरि पन्त
प्रकाशित २०७८ असार १२ शनिबार
2.1k
Shares
आजको पञ्चाङ्ग
आज मिति २०७८ असार १२ गते शनिवार, इस्वीसंवत जून २६ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढ कृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको द्धित्तीय तिथि रहनेछ । आज पूर्वाषाढा नक्षत्र, विष्कुम्भादि योगमा ऐन्द्र, करणमा तैतिल, आनन्दादि योगमा मातंग रहनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात् १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ७ बजेर १ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज पनि समय खराब रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईँको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रमको फल अरूले नै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरूकै पोल्टोमा पर्नेछ ।
वृष : वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाइने हुँदा समयमा कामहरू सम्पादन हुने छैनन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । अध्ययन तथा अध्यापनमा अलि बढी समय दिन सके नतिजा तपाईको पक्षमा आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसँग मनमुटाउ बढ्ने योग रहेको छ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि समय तथा परिस्थिति अनुकूल रहनाले व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । उच्च अध्ययनको सिलसिलामा छोटो तथा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरूको सेवा गर्ने अवसर प्राप्त हुने हुँदा मन प्रसन्न रहनेछ ।
कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमत्तापूर्वक गरिएको श्रमबाट मनग्य रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाइकै सिलसिलामा लामो दुरीको यात्रा तय गर्न सकिनेछ ।
सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । शत्रुले दुःख दिनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँका पक्षमा हुने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरू पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरू साँघुरा हुनेछन् ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरू टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाइने छैन । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा पनि आलोचनाको सिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । माया प्रेममा अविश्वास बढ्नेछ भने घर आमासँग पनि मनमुटाउ सिर्जना हुनेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईँले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरू भेटिनेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापन मुद्दाहरू हल भएर जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरू गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनीति तथा सामाजिक विषयको उठान गर्दा अलि बढी अध्ययन तथा अनुसन्धान गरी प्रस्तुत हुनुहोला किनकि प्रतिस्पर्धीहरू तपाईँभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरू हाबी हुनेछन् भने कार्यक्षेत्रमा तपाईँको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।
धनु : धनु राशिका लागि आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाव आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नुहोला ।
मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकूल छैन । पढाई लेखाइमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्रज ब्यक्तित्वसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ भने घर परिवार तथा आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठुलो उपलब्धि हासिल गर्नु हुने छ । आर्थिक लाभका बलिया अवसरहरू छन् । व्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुने छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैँले गरेको निर्णय फलदायी हुनेछ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम छ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन । प्रेम जीवनमा चुनौतीको सामना गर्नु पर्न सक्छ । नोकरी र व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ । गाडी सावधानीपूर्वक हाँक्नुहोला । आम्दानी नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । दिदीबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाइमा ध्यान नजाँदा नतिजा अरूकै पक्षमा आउनेछ ।
साइत : आज चन्द्रमा वृश्चिक राशिमा छन् । आज उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिवार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाईँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म काल बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म शुभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः२० बजेसम्म रोग बेला
बिहान १०ः२० बजेदेखि १२ः०४ बजेसम्म उद्धेग बेला
बिहान १२ः०४ बजेदेखि १ः४८ बजेसम्म चर बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म लाभ बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म अमृत बेला
दिउँसो ५ः१६ बजेदेखि ७ः०० बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहु काल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहु काल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)