आभुषणसँग अभिनेत्री सन्ध्याको कानुनी विवाह, केही समय धार्मिक विवाह
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
2.3k
Shares
काठमाडौं । टेलिभिजनको पर्दामा भिजे बनेर पछि अभिनय क्षेत्रमा आएकी सन्ध्या केसीले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत ‘खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ’ भन्दै आभूषणसँग विवाह गरेको उल्लेख गरेकी छन् ।
‘हामीले कानुनी रुपमा एक अर्कालाई स्वीकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ,’ उनले लेखेकी छन् ।
उनले कोभिड महामारीपछि सामान्य अवस्था आउनासाथ धार्मिक परम्परा अनुसार विवाह गर्ने जनाएकी छन्
फिल्म ‘ड्रिम्स’बाट उदाएकी सन्ध्याले फिल्म ‘पण्डित बाजेको लौरी’मा अभिनय गरेकी थिइन् । इमेज टेलिभिजनबाट भिजेको रुपमा करिअर शुरु गरेकी उनले थुप्रै म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।