कर्कटलाई आकस्मिक धन लाभको योग, समग्रमा यस्तो रहनेछ आइतबार
ज्यो. हरि पन्त
प्रकाशित २०७८ असार १३ आइतबार
2k
Shares
आजको पञ्चाङ्ग
आज मिति २०७८ असार १३ गते आइतबार, इस्वीसंवत जून २७ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको तृतीय तिथि रहनेछ । आज उत्तरषाढा नक्षत्र, विष्कुम्भादि योगमा वैधृति, करणमा वणिज, आनन्दादि योगमा मुशल रहनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३४ पला अर्थात् १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ७ बजेर २ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज पनि समय मध्यम खालको छ । अहिले तपाईँले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यावसायिक जीवन यथावत् रहने छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा कुनै काम सम्पादन गर्न सहज हुनेछ ।
वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । झिना मसिना र सानातिना कुरामा रुमल्लिएर आजको दिन व्यतीत हुन सक्छ । मिहिनेत गरे बमोजिमको जस नपाइए पनि हौसला घट्ने देखिँदैन । पशु पालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्ने छन् । बन्द व्यापारबाट पनि भनेजस्तै लाभ हुनेछ । पारिवारिक सम्बन्धमा सामान्य तनाव हुनसक्छ । मनमा दोधार भइरहने छ । पढाई लेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । भोजभतेर र खानपिनका कार्यमा नहौसिनु राम्रो हुन्छ, पाचन प्रक्रियामा विकार आउन सक्छ । छोराछोरी, भाइबहिनी र बन्धुबान्धवले जानेको र सकेको सहयोग गर्नेछन् ।
मिथुन : आज मिथुन राशि भएकाहरूका लागि पनि समय खराब छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथ सहयोग प्राप्त हुनेछ । जीवन सँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा वृद्धि हुनेछ । स्वास्थ्यमा देखा परेका समस्या निराकरण हुनेछन् ।
कर्कट : आज कर्कट राशिका लागि आज समय राम्रो छ । आज आकस्मिक धन लाभको योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, शृङ्गार, साजसज्जा र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोबारबाट लाभ मिल्नेछ ।
सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ । नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा वृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्द व्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मडारिन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तन मननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरे पनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन । चन्द्रमा सूत्र स्थानमा भएकाले प्रतिकूल एवं विपरीत परिस्थिति छ, त्यसैले आज बढी रौसिनु हुँदैन । प्रणय र प्रेम प्रसङ्गमा भुलिनु राम्रो हुँदैन । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्फूर्ति र उमङ्ग नै देखा पर्नेछ । धन, धर्म र भाग्य बलमा बढोत्तरी हुने छ । तपाईंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । आम रूपमा शरीर अस्वस्थ रहनेछ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहनेछ । घरमा पर पाहुना र अतिथिको आगमन हुन सक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्द व्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निःस्वार्थ भावले सहयोग गर्नेछन् ।
धनु : धनु राशिका लागि आज पनि समय शुभ रहनेछैन । घरमा पर पाहुना र अतिथिको आगमन हुन सक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्द व्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निःस्वार्थ भावले सहयोग गर्नेछन् ।
मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुख सन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवा मिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ ।
कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ छैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठुला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्य धन लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।
साइत: आज चन्द्रमा मकर राशिमा छन् । आज दक्षिण र पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म उद्धेग बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म चर बेला
बिहान ८ः३५ बजेदेखि १०ः२० बजेसम्म लाभ बेला
बिहान १०ः२० बजेदेखि १२ः०४ बजेसम्म अमृत बेला
बिहान १२ः०४ बजेदेखि १ः४८ बजेसम्म कालर बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म शुभ बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म रोग बेला
दिउँसो ५ः१६ बजेदेखि ७ः०० बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहु काल समय: दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहु काल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट: यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्य सिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेध स्थान र विपरीत वेध स्थान समेतको गणना गरिएको छ ।)