arrow

चितवनमा भारी वर्षा, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
landslide-raw-rough-road-pahiro.jpg
तस्बिर : रासस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । 

पहिरो बिहीबार बिहान २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार चितवनमा भारी वर्षा भइरहेको छ । 

शनिबारसम्मै भारी वर्षा, पाँच प्रदेशमा खतराको घण्टी, कहाँ कति वर्षा ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ