arrow

२०२० मा अचानक ज्यान गुमाएका तीन दिग्गज कलाकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
Irrfan-Rishi-Shushant.jpg

काठमाडौँ ।  मृत्यु शाश्वत सत्य हो । कुनै पनि समय बालक, युवा वा वृद्ध जुन सुकै उमेर समूहका व्यक्तिको निधन हुन सक्छ । तर मृतक व्यक्तको समाजमा कस्तो पहिचान थियो त्यसले भने अर्थ राख्छ । पछिल्लो समय बलिउडमा कमै उमेरमा धेरै बलिउड कलाकारले ज्यान गुमाएका छन् । यहाँ हामीले बलिउडका तीन दिग्गज कलाकारका बारेमा उल्लेख गरेका छौ जसले सन् २०२० भित्र अल्पायुमै ज्यान गुमाए ।  

इरफान खान
क्यान्सरसँग जुधिरहेका भारतीय अभिनेता  इरफान खानको सन् २०२० मा निधन भयो ।  ५४ वर्षीय खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। इरफान खान थिएटरबाट सिनेमाबाट आएका थिए। जयपुर राज स्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम फिल्म ‘अङ्ग्रेजी मिडियम’मा अभिनय गरेका थिए। 

२०१९ वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रूपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अङ्ग्रेजी मिडियम’ छायाङ्कनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायाङ्कन पनि रोकिएको थियो । 

ऋषि कपूर
इरफान खानको मृत्यु भएको भोलि पल्टै क्यान्सर पीडित अभिनेता ऋषि कपूरको निधन भयो । ऋषि कपुरलाई सन् २०१८ मा क्यान्सर भएको थियो । ऋषि कपूरले पहिलो फिल्म फेयर अवार्ड ‘बाबी’ चलचित्रबाट जितेका थिए । त्यसपछि उनले २५ वर्षसम्म कुनै  फिल्म फेयर अवार्ड पाएनन् । तर २५ वर्ष पछि उनलाई बलिउडमा २५ वर्ष पूरा गरेको भन्दै फिल्म फेयर अवार्ड दिइएको थियो । 

११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । ६७ वर्षीय कपूरको अवस्था गम्भीर भएपछि मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । 

सुशान्त सिंह राजपूत
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले सन् २०२० मा आत्महत्या गरे ।  कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा  झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो ।  सुशान्त टिभीबाट सफलतापूर्वक फिल्ममा प्रवेश गर्ने थोरै कलाकारहरू मध्ये एक थिए। पटनामा १९८६ मा जन्मिएको सुशान्तले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङमा अध्ययन गरिरहेका थिए । तर उनको मन नृत्य हुँदै अभिनयमा केन्द्रित भयो। अहिले पनि सुशान्तको आत्महत्या प्रकरण बारे अनुसन्धान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ