arrow

जीपी फाउन्डेसन मोरङद्वारा मास्क र सेनेटाइजर वितरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
gp-koirala.jpg

विराटनगर । गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीका अवसरमा मजदुरहरूलाई लक्ष्यित गरि शुक्रबार विराटनगरका विभिन्न चोकहरूमा मास्क र सेनेटाइजर वितरण गरिएको छ ।

जीपी कोइराला फाउन्डेसन मोरङ शाखाले पुष्पलाल चोक र बरगाच्छी चोकमा कार्यक्रम गरि मास्क र सेनेटाइजर वितरण गरेको हो । अधिकांश मजदुरहरू मास्क नलाइ हिड्ने गरेकोे पाइए संगै ती स्थानमा कोरोना संक्रमण र यसले पार्ने प्रभावका विषयमा समेत  जनचेतनामूलक कार्यक्रम समेत गरिएको फाउन्डेसन अध्यक्ष कौशल निरौलाले जानकारी दिए ।

उनले एकजनालाई ५० पिस मास्क र सेनेटाइजर प्रदान गरिएको बताए । मजदुरहरू भित्रने मुख्य नाका पुष्पलाल चोक ,बरगाच्छीमा पहिलो चरणमा कार्यक्रम राखिएको हो । कार्यक्रममा नेपाली कांग्रेस युवा नेता दीपक चापागाईं, सामाजिक अभियन्ता सावित्री आचार्य ,फाउन्डेसन मोरङ उपाध्यक्ष पुनम सिंह, सचिव सन्तोष पोखरेल, सहसचिव अन्जु दाहाल, कोषाध्यक्ष नमिता आचार्य ,सदस्य सन्जय मण्डल ,नम्रता बिमली, फाउन्डेसन नगर सह सचिव लिला ढुङ्गेल ,फाउन्डेसन युवा कार्यदलका अध्यक्ष अंकित पोखरेल,उपाध्यक्ष साइच्छा थापा,सचिव सुवास सापकोटा९डेनी०,सदस्य सुरज नेपाल,सविन भट्टराई लगायतको सहभागिता रहेको थियो ।

यस्तै जीपी कोइराला फाउन्डेसन युवा कार्यदल विराटनगरले आफ्नो स्थापनाको एक बर्ष पूरा गरेको अवसरमा  शनिबार स्थापना दिवस मनाउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ