arrow

राष्ट्रिय सभा बैठकमा कविता बाचन गरेकी कोमल वली आलोचित, दिइन् स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
komal-oli-ncp-mp.jpg

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमली वलीले सोमबार राष्ट्रिय सभा बैठकमा दिएको अभिव्यक्तिका कारण आलोचित भएकी छन् ।

बैठकमा पार्टीभित्रको घरझगडालाई विषय बनाउँदै सोमबार कविता वाचन गरेपछि उनको आलोचना भइरहेको हो ।

सम्बोधनका क्रममा उनले ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गर्दै अन्य नेतालाई कटाक्ष गर्ने किसिमको कविता बाचन गरेको र राष्ट्रिय सभालाई मनोरन्जनको थलो बनाएको भन्दै आलोचना भएको हो । कविताका माध्यमले विपक्षीप्रति अभद्र व्यवहार प्रस्तुत गरेको भन्दै उनको सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।

आफ्नो आलोचना भएपछि ओलीले मंगलबार सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफ्ना धारणाहरु कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् ।

उनले लेखेकी छन्, ‘मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन् । देश समाज र जनताप्रति समर्पित छ । देश र जनताका लागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन । कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन । यो कुरा भौतिक शरिरको अन्त्य हुनेहरुले सोच्नु पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ