राष्ट्रिय सभामा मन्त्रालयका बजेट शीर्षकमाथि समूहीकृत छलफल हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
200
Shares
काठमाडौँ । राष्ट्रिय सभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा
मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट विनियोजनमाथि पनि सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।