arrow

राष्ट्रिय सभा

सुकुमवासी समस्या र शिक्षाको बजेट कटौतीमा सरकारमाथि खनिइन् सांसद राई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
jayantidevi-rais.jpg

काठमाडौँ । विपक्षी दल नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सांसद जयन्तिदेवी राईले सरकारले सुकुमवासीहरूका तत्कालीन समस्या समेत सम्बोधन गर्न नसक्ने दाबी गरेकी छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको बजेटले सुकुमवासी र शिक्षा क्षेत्रका समस्या समाधान गर्न नसक्ने स्पष्ट पारेकी हुन्।

सांसद राईले सरकारले आवश्यक बजेट नै व्यवस्था नगरेकाले सुकुमवासीको समस्या जहाँको तहीँ रहने जिकिर गरिन्। वर्तमान सरकारमाथि तिखो प्रहार गर्दै उनले भनिन्, "यो सरकार विनाशबाटै उत्पन्न भएको हो। विकासभन्दा ध्वंसमा रमाउने, हाँसो र खुसीभन्दा आँसुमा रमाउने यो सरकारलाई धेरै भन्नु पनि पर्दैन होला।"

शिक्षा क्षेत्रमा गत वर्षको भन्दा २ प्रतिशत बजेट घटाइएको प्रति कडा असन्तुष्टि जनाउँदै उनले अहिलेका मन्त्रीहरू पढेलेखेका र वैदेशिक अनुभव प्राप्त भए पनि शिक्षाको संवेदनशीलता बुझ्न नसकेको आरोप लगाइन्। "धेरै कुरामा विदेशको नक्कल गर्ने मन्त्रीज्यूहरूले शिक्षाको बजेटमा पनि त्यहाँको सिको गरेको भए हुन्थ्यो," उनले थपिन्, "गत सालभन्दा बजेट घटाएर के आजको शिक्षा नीतिलाई सम्बोधन गर्न सकिन्छ?" जनताको दुःख र आँसुमा रमाउने प्रवृत्तिले देशको विकास सम्भव नभएको भन्दै उनले सरकारको बजेट विनियोजन प्रणालीको कडा आलोचना गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ