arrow

कास्की मुग्रेवेशीकी कल्पना अधिकारी मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
death-1618215084.jpg

पोखरा । लमजुङमा कास्कीकी एक महिलाको शव फेला परेको छ । शव कास्कीको मादी गाउँपालिका वडा नं.९ मुग्रेबेशीकी ३५ वर्षकी कल्पना अधिकारी भएको खुलेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनको शव आज मंगलबार बिहान ८ बजे लमजुङ मध्यनेपाल नगरपालिका–८ रामबजारस्थित मादी खोलाको किनारमा फेला परेको हो ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ