arrow

उर्लिएको खहरेको भेलले लामा कन्ट्रक्सनको गाडी बगायो, तीन जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
badi-.jpg

पर्वत । पर्वतमा बाढीले गाडी बगाउँदा तीन जना बेपत्ता भएका छन् । कुश्मा नगरपालिका वडा नं.८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले गाडी बगाएको थियो । पर्वत प्रहरीका अनुसार बगाएको गाडी भेटिए पनि त्यसमा रहेका तीन जना अझै भेटिएका छैनन् ।

मंगलबार मध्यरातमा आएको बाढीले मध्यपहाडी लोकमार्ग विस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडी बाढीले बगाएको हो । भारी वर्षाले मध्यरातमा खोला उर्लिएपछि त्यहाँबाट अन्यत्र जानका लागि खोला पार गर्न खोज्दा गाडी बगाएको बताइन्छ ।

सो गाडीमा सवार एक इन्जिनियर, चालक र एक सर्वसाधारण रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । बेपत्ता हुनेमा प्रोजेक्ट कोअर्डिनेटर रजाराम आचार्य, चालक ईन्द्र चौधरी र परिचय खुल्न नसकेका एक स्थानीय छन् ।

प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । पहिरोले बगाएको गाडी भने आज बिहान मोदी खोलामा फेला परेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ