arrow

म्याग्दीमा बाढीले घर बगायो, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
death-1618215084.jpg

पोखरा । म्याग्दीमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । मंगला गाउँपालिका-५, छिसबाङ खहरेमा आएको बाढीले बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका-६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो ।

मालिका गाउँपालिका-६ का वडा अध्यक्ष सन्तोष सुवेदीका अनुसार बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएको उनले बताए ।

खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ