arrow

राष्ट्रपतिलाई महाभियोग लगायौँ भनेर भन्नुपर्छ :श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
raman-shrestha.JPG

काठमाडौँ। वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सर्वोच्च अदालतले यस पटक राष्ट्रपतिको अधिकार, संसद्को अधिकार र सांसदहरूको अधिकारको विशेष व्याख्या गर्ने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले पूनःस्थापना गर्ने दाबी गरेका छन् । 

यसअघि पनि २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद् पूनःस्थापना गरेको नजिर भएकोले यस पटक पनि संसद् पूनःस्थापना हुने उनको दाबी छ । आज (बुधवार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस पटक अदालतले राष्ट्रपति, संसद् र सांसदहरूको अधिकारको बारेमा विशेष व्याख्या गर्ने विश्वास दिलाए । नेपालको निर्वाचन प्रणाली नै एउटै दलको बहुमत नआउने व्यवस्था रहेको सुनाउँदै सरकार बन्न सक्ने विकल्प रहँदासम्म संसद् विघटन गर्न नमिल्ने बताए । 

उनले संविधानमा धारा ७६ को ५ संसद् जोगाउनको लागि राखिएको ब्रम्हास्त्र भएको पनि दाबी गरे । उनले भने,‘मैले अस्ति अदालतमा पनि यो कुरा उठाएको छु । धारा ७६ को ५ को प्रयोग गर्दा निर्दलीयताको कुरा गरियो, तर यहाँ कहाँ निर्दलीयता भयो ? यो त संसद् बचाउनको लागि प्रयोग गरिने ब्रम्हास्त्र हो ।’ उनले सरकार संसद्ले बनाउने भन्दै राष्ट्रपतिले त घोषणा गर्न मात्रै सक्ने पनि टिप्पणी गरे । उनले भने,‘राष्ट्रपतिले सरकार नबनाउनको लागि रोल खेल्न मिल्दैन ।’
 
श्रेष्ठले प्रतिनिधिसभा पूनःस्थापना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउन जरुरी रहेको पनि आवश्यकता औँल्याए । उनले भने,‘महाभियोग पास हुन जरुरी छैन । यो यो ग्राउन्डमा तिमीलाई हामीले महाभियोग लगायौँ भनेर भन्नुपर्छ ।’ उनले अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनसक्ने विश्वास दिलाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ