arrow

चीनबाट आइपुग्यो पहिलो खेप खोप, कस्ले लगाउन पाउँछन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको खोपको पहिलो 'लट' नेपाल आइपुगेको छ । शुक्रवार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले खोप अवतरण गरेको हो ।

चीनको फार्मास्युटिकल कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप सरकारले गोप्य सम्झौतामार्फत खरिद गर्ने निर्णय गरेको थियो । गोप्य सम्झौता भएका कारण कति डोज खोप कति मूल्यमा खरिद हुँदै छ भन्ने जानकारी स्वास्थ्य अधिकारीहरूले खुलाएका छैनन् ।

आज मात्रै पनि कति खोप नेपाल भित्रिए भनेर जानकारी नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृणप्रसाद पौडेलले बताए ।

कसले पाउँछन् चीनबाट आएको खोप ?

यसअघि सरकारले ६० वर्षमाथिका लाई खोप लगाउनका लागि आह्वान गरेको थियो । अब, चीनबाट उपलब्ध खोप ६० वर्षभन्दा माथि उमेर समूहमा खोप लगाउन छुटेका र ५५ देखि ६० वर्ष उमेरसमुहकालाई लक्षित गर्ने छ ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले थप खोप उपलब्ध हुँदै जाँदा तल्लो उमेर समूहका नागरिकलाई पनि खोप लगाउन थालिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ