arrow

शिक्षा र मौलिक हकमा विद्यार्थी संगठनहरुको सामूहिक ऐक्यवद्धता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
student-union-solidarity.jpg

काठमाडौं । आन्दोलनरत प्रतिपक्षी विद्यार्थी संगठनको बैठक शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा सम्पन्न भएको छ । बैठकले प्रतिगामी असम्बैधानिक कदम, पेट्रोलियम पदार्थ माथिको मूल्य वृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा ब्याप्त बेथिति र बिसङगति, कोरोना संक्रमणको नियन्त्रण र रोकथाममा सरकारको उदाशिनताका विरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै विगतका कार्यक्रमको समीक्षा गरेको छ ।

साथै  बैठकद्वारा नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी  गरि संविधानतः कक्षा ८ सम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ र स्वास्थ्य, रोजगारीको हक पूर्णरुपमा सुनिश्चित हुनुपर्दछ भन्ने प्रावधान व्यवहारमा कार्यान्वयन गराउने उद्धेश्यले संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा  कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट तयार गरिएको प्रतिवद्धता पत्रमा सार्वजनिक कार्यक्रम आयोजना गरी सामूहिक  हस्ताक्षर गराउने निर्णय गरेको छ ।

बैठकले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको छ भने देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,अखिल अध्यक्ष सुदेश पराजुली,समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल छैटौं का अध्यक्ष बिमल पोख्रेल, नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना लगायतको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ