arrow

माधवकुमार नेपाललाई ‘जनै खटिरा’का कारण स्वास्थ्यमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘जनै खटिरा’का कारण स्वास्थ्यमा समस्या आएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार ‘जनै खटिरा’ले सताएपछि चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेका छन् ।

शनिबार नेता नेपाल निवास कोटेश्वरमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पनि गौतमले जनाएका छन् ।

नेता नेपाल र प्रचण्डबीच स्वास्थ्य समस्याका कारण संक्षिप्त भेट मात्र भएको तर अन्य विषयमा कुरा नभएको स्पष्ट पारेका छन् ।

चिकित्सकहरुका अनुसार जनैखटिरा (हर्पसजोस्टर)एक प्रकारको भाइरल ईन्फेक्सन भएकाले शरीरमा खटिरा आइसकेपछि निकै पीडा दिने गर्छ । चिकित्सकहरुका भाषामा यसलाई हर्पसजोस्टर भनिए पनि गाउँघरमा जनैखटिरा  भन्ने चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ