arrow

नबिल बैङ्कले यूनाईटेड फाइनान्सलाई प्राप्ति गरी आइतवारबाट एकीकृत कारोबार सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
nabil-united-acquires.jpg

काठमाडौँ। नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ। प्राप्ति प्रक्रिया पूरा भएर आज (आइतवार)बाट एकीकृत कारोबार सुरु भएको छ। आज आयोजित एक कार्यक्रममा नबिल बैङ्क तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल र वसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्।

नबिल बैङ्कका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई अङ्गीकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैङ्क अगाडि बढेको बताए। ‘यो प्राप्तिले नबिल बैङ्कको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौँ,’ अध्यक्ष पौड्यालले भने।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात् नबिल बैङ्कको चुक्ता पुजी रु. १३ अरब ८४ करोड पुग्नेछ भने कुल पुजी कोष रु ३२ अर्ब ६८ करोड हुनेछ। साथै, नबिल बैङ्कको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ।  एटिएम सङ्ख्या भने १८३ हुनेछ। निक्षेपको  आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)।

यसले गर्दा नबिल बैङ्कको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ। यो प्राप्तिसँगै नबिल बैङ्कले बजारमा आङ्खनो नवीन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ