arrow

नबिल बैङ्कको वार्षिकोत्सव अफर : कार्ड र स्मार्ट बैङ्कमा ३७ दिने भरी छुटै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
Nabil-Bank-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। नबिल बैङ्कले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूको लागि कार्ड, स्मार्ट बैङ्क लगायत लक्कर हरूमा विभिन्न छुट प्याकेज सहित “३७ दिने खुसीको अफर” अफर ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैङ्कले आज देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरूमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आई कार्ड, नबिल स्मार्ट बैङ्क (मोबाइल बैङ्किङ) र लक्कर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको छ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरूमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैङ्कको नजिकको शाखामा गई ग्राहकहरूले खाता खोली अफरको लाभ लिई ढुक्क हुन सक्ने कम्पनीले जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समय अनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ। यस बैङ्क ग्राहक वर्गको उच्च सन्तुष्टि एवम् आधुनिक बैङ्किङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ