arrow

सर्वोच्चको निर्णयले संवैधानिक सर्वोच्चताको मर्मलाई जीवन्त बनायो: विनोद चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
Binod-chaudhary-inf.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै उक्त निर्णयले संवैधानिक सर्वोच्चताको मर्मलाई जीवन्त बनाएको बताएका छन्।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि नेता चौधरीले सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य रहेको बताएका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-' सर्वोच्च अदालतले आज संविधानको थप व्याख्या गर्दै संसद् पुन:स्थापना र नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश अत्यन्त स्वागतयोग्य छ । यसले संवैधानिक सर्वोच्चताको मर्मलाई जीवन्त बनाएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ