arrow

राष्ट्रपति कार्यालयले देउवालाई अझै पठाएन औपचारिक पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
sital-niwas.jpeg
फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपनि राष्ट्रपति कार्यालयले अझैपनि औपचारिक पत्र पठाएको छैन् ।

देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न अदालतको आदेश भएपनि यो समाचार तयार पार्दासम्म शीतल निवासबाट औपचारिक रुपमा देउवालाई खबर नआएको नेता एनपी साउदले जानकारी दिए । तर देउवा भने आन्तरिक छलफलमा व्यस्त छन् ।

सर्वोच्चको संवैधानिक इजलासले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मंगलबार अपराह्नसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र आगामी साउन ३ गते भित्र प्रतिनिधिसभा अधिवेशन बोलाउन अदालतले आदेश दिइसकेको छ । 

सर्वोच्चले दिएको समय आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ