arrow

देउवाको नियुक्तिमा राष्ट्रपति कार्यालयको मौनता : संविधानको कुन धारा अनुसार नियुक्ति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
sital-deuba-letter.jpg

काठमाडौँ । राष्ट्रपति कार्यालयबाट काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुन धारा अनुसार नियुक्ति भन्ने खुलाइएको छैन । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्दा संविधानको धाराको व्यवस्थाको विषयमा मौनता देखाएको हो । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने व्यवहोरा उल्लेख छैन ।  नियुक्ति सम्बन्धी पत्रमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ ।

यसअघि प्रधानमन्त्रीका पदका लागि दलहरूलाई आह्वान गर्दा र केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दा भने राष्ट्रपति कार्यालयले संविधानको धारा तोकेर नै नियुक्त गर्दै आएको थियो ।  राष्ट्रपतिका प्रेस सल्लाहकार भेषराज अधिकारीले सर्वोच्चको आदेश अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएको जानकारी दिए । 

यसअघि प्रधानमन्त्रीका पदका लागि दलहरूलाई आह्वान गर्दा र केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दा भने राष्ट्रपति कार्यालयले संविधानको धारा तोकेर नै नियुक्त गर्दै आएको थियो । सर्वोच्चले सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दा नै  संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ