arrow

लाभबेला दुईपटक भएको यस्तो हुनेछ बुधबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७८ असार ३० बुधबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ असार ३० गते बुधबार, इस्वीसंवत जुलाई १४ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज आषाढशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज पूर्वाफाल्गुनी  नक्षत्र, विष्कुम्भादि योगमा व्यघात, करणमा बब, आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३४ घटि १३ पला अर्थात १३ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १८ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०० बजे हुनेछ । 

आजको राशिफल
मेषः
समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज सवारी साधन तथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । 

वृषः समय खराब छ, प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला ।

मिथुनः समय शुभ छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जागर बढ्नेछ । विलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । बंश बृद्धिको गतिलो योग रहेकोछ । 

कर्कटः समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । 

सिंहः समय सबै प्रकारले शुभ रहेको छ । रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

कन्याः समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचार बाजी गर्दै हिंड्नेछन् । 

तुलाः समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । 

वृश्चिकः समय मध्यम खालको छ । आश्वासन बाँड्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । 

धनुः समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुने तथा शत्रुहरु सलबलाउनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । 

मकरः आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । 

कुम्भः दिन तथा समय राम्रा छन् । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । 

मीनः समय शुभ छ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आज सकभर पश्चिम दिशाको यात्रा नगर्नुहोला । आर्थिक कारोबार हुन सक्नेछ ।  

साइतः आज चन्द्रमा सिंह राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः१५ बजेदेखि         ६ः५८ बजेसम्म          लाभ बेला
बिहान ६ः५८ बजेदेखि         ८ः४२ बजेसम्म         अमृत बेला
बिहान ८ः४२ बजेदेखि         १०ः२५ बजेसम्म         काल बेला
बिहान १०ः२५ बजेदेखि        १२ः०९ बजेसम्म        शुभ बेला
बिहान १२ः०९ बजेदेखि        १ः५२ बजेसम्म         रोग बेला
दिनमा १ः५२ बजेदेखि         ३ः३५ बजेसम्म          उद्धेग बेला
दिनमा ३ः३५ बजेदेखि         ५ः१९ बजेसम्म          चर बेला       
दिउँसो ५ः१९ बजेदेखि        ७ः०२ बजेसम्म          लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ