arrow

कोरोना महामारीको तेस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
who-president-tedros.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोभिड१९ महामारीको तेस्रो लहर सुरु भएको बताएको छ । 

बिहीबार डब्लुएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले डेल्टा भेरिअन्टको संक्रमणबढेसँगै विश्व तेस्रो लहरको सुरुवाती चरणमा प्रवेश गरेको बताएका हुन् ।

उनले भनेका छन्, 'दुर्भाग्यवस हामी तेस्रो लहरको सुरुवाती चरणमा छौं।' पछिल्लो समय मानिसहरुको चहलपहल बढेसँगै संक्रमण बढ्न थालेको डब्लुएचओको निश्कर्ष  छ । केही दिनयता संक्रमणदर र मृत्यु हुनेको संख्या बढ्न थालेको डब्लु एचओको भनाइ छ ।

डेल्टा भेरिअन्ट अहिले विश्वका १११ भन्दा बढी देशमा फैलिसकेको र यो नै प्रमुख भाइरसका रुपमा देखिने डब्लुएचओले जनाएको छ ।

थप संक्रामक भेरिअन्टहरु फैलिदै गर्दा संक्रमण फेरि बढ्ने निश्कर्ष डब्लुएचओको छ ।



नयाँ