arrow

कपूर, सिन्हा, बच्चन परिवार चिने पनि कमैले मात्र चिन्छन् यी अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
kappos.jpeg

एजेन्सी । बलिउडमा धेरै चर्चित हस्तीहरू छन्  जसले चलचित्रलाई आफ्नो पुर्खौली पेशाका रूपमा अगाडि बढाए । यस मध्ये बलिउडमा सधैँ चर्चाका केन्द्रहरूको बारेमा तपाई हामीलाई थाहा नै छ । जस्तै बलिउडमा कपूर परिवार, सिन्हा परिवार,खान परिवार, बच्चन परिवार आदी । तर यस्ता बलिउमा अनुहार पनि छन् जसलाई कमै मात्र दर्शकहरूले तिनको पारिवारिक सदस्य हो भनेर चिन्दछन् । आज हामी तपाईँलाई यस्तै अनुहारको विषयमा बताउन गईरहेका छौ ।

रोहित सेठ्ठी / एमबी सेठ्ठी
‘चेन्नई एक्सप्रेस’,'दिलवाले' जस्ता चर्चित फिल्मका निर्देशक  रोहित सेठ्ठी  एमबी  सेठ्ठीका छोरा हुन् । एमबी सेठ्ठी ९० दशकका अभिनेता । उनले धेरै चलचित्रमा भिलेनको भूमिकामा अभिनय गरे । एमबी सेठ्ठीले 'यादो की बारात', 'डन', 'त्रिशूल', 'फकीरा', 'कालीचरण', 'शंकर दादा' जस्ता चर्चित चलचित्रमा बेजोड अभिनय गरेका छन् ।

अमजद खान / जकारिया खान
'सोले' चलचित्रमा गब्बर सिंहको भूमिका निर्वाह गरेका अभिनेता तथा निर्देशक अमजद खानका जयन्त (जकारिया खान)का छोरा हुन् । जयन्त पनि बलिउडमा जानकार नाम मध्येका एक हुन् । उनले  बलिउडका थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।  

किरण कुमार / विवन कुमार 
अभिनेता किरण कुमार बलिउडमा ६० दशकका चर्चित अभिनेता जीवन कुमारका छोरा हुन् । जीवन १९५० मा आएको पौराणिक चलचित्रमा नारदमुनिको भूमिका निर्वाह गरेका थिए । साथै   किरण कुमारका बुवा जीवन  बलिउडका  चर्चित भिलेन समेत हुन् ।

अनिता राज / जगदीश राज
सन् १९८० कि  चर्चित अभिनेत्री अनिता राजका बुवा जगदीश राज हुन् । जगदीशले बलिउडमा अलग-अलग भूमिका निभाएर गिनिज बर्ल्ड रेकर्डमा  आफ्नो नाम राख्न सफल भएका छन् ।

फरहान अख्तर / हनी इरानी
 बलिउडमा 'लक्ष्य','डन','डन २', जस्ता चर्चित चलचित्र निर्देशक फरहान अख्तर हनी इरानीका छोरा हुन् । इरानीले 'सिता और गीता','अमर प्रेम' जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ