arrow

पोखराका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
man-bdr-jisi.png

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । आज शनिबार बिहान १० बजेदेखि शुरु भएको शल्यक्रिया दुई घण्टाको प्रयासमा सफल भएको बताइएको छ ।

काठमाडौंको न्यूरो अस्पतालका न्यूरो सर्जनको टिमले हेमीक्राइनेक्टमी शल्यक्रिया सम्पन्न गरेको हो । मेयर जिसीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताइन्छ ।

मेयर जिसीलाई उच्च रक्तचापका कारण शुक्रबार बिहान मष्तिष्कघात (प्यारालाइस) भएको थियो । उनको दिमागको एक नशा ब्लक भएको पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकले बताएका छन् ।

मष्तिष्कघातका कारण मेयर जिसीको शरीरको एकापट्टीको भाग नचल्ने अवस्थामा पुगेको थियो । उनको प्रारम्भिक उपचार मेडिप्लसमा र त्यसपछि मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।

त्यसपछि उनको स्वास्थ्य समस्या निर्क्यौल गरेर थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ