arrow

दक्षिण चीन सागरबाट हट्न चीनलाई फिलिपिन्सको चेतावनी

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ३ आइतबार
phillppines-foreign-affairs-minister.jpg

मनिला। फिलिपिन्सका विदेश मन्त्रीले दक्षिण चीन सागरबाट डुङ्गाहरू हटाउन चीनलाई आक्रोशपूर्ण चेतावनी दिएका छन्। फिलिपिन्सका विदेश मन्त्री टेओडोरो लोक्सिनले विवादित दक्षिण चीन सागरबाट अवैध रूपमा परिचालित डुङ्गाहरू हटाउन भन्दै चीन विरुद्ध ट्विइटरमा आक्रोशपूर्ण शब्द प्रयोग गरेका छन्।

विवादित दक्षिण चीन सागरमा चीनले अवैध रूपमा सयौँ डुङ्गाहरू राखेको भन्दै विदेश मन्त्री लोक्सिनले तत्काल हटाउन चेतावनी दिएका हुन्। दक्षिण चीन सागरस्थित फिलिपिन्सको २०० माइल एक्स्क्लुसिभ इकोनोमिक जोनमा चीनले अवैध रूपमा उपस्थिति जनाएको भन्दै फिलिपिन्सले चीनको निन्दा गरेको हो। 

खुला तथा स्पष्ट वक्ताका रूपमा चिनिएका विदेश मन्त्री लोक्सिनले दक्षिण चीन सागरबाट उपस्थिति हटाउन अपशब्द प्रयोग गर्दै आक्रोशपूर्ण ट्विइट गरेका छन्। 

दक्षिण चीन सागरमा आफ्नो उपस्थितिको प्रतिरक्षा गर्दै आएको मनिलास्थित चिनियाँ दूतावासले भने विदेश मन्त्री लोक्सिनको अभिव्यक्तिमाथि कुनै टिप्पणी गरेको छैन।

यसअघि पनि चीन र फिलिपिन्स बीचको उक्त विवादमा अमेरिकी विदेश मन्त्रालयले दक्षिण चीन सागरमा चिनियाँ हस्तक्षेप विरुद्ध आफ्नो साझेदार फिलिपिन्सको पक्षमा उभिने बताएको थियो।

विवादित दक्षिण चीन सागरमा चीन, फिलिपिन्स, ब्रुनाई, ताइवान, भियतनाम, मलेसिया, आदी क्षेत्रीय मुलुकहरूले क्षेत्राधिकार दाबी गर्दै आएको रोयटर्सले लेखेको छ।



नयाँ