arrow

निषेधाज्ञा खुकुलो भएसँगै हेटौँडामा संक्रमित ह्वात्तै बढे, एकैदिन ३ जनाको मृत्यु 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ साउन ४ सोमबार
hetauda-hospital.JPG

हेटौँडा । निषेधाज्ञा खुकुलो भएसँगै हेटौँडामा कोरोना संक्रमित बढ्दै गएका छन् । गएको २ हप्ता अघिसम्म निकै घटेको सङ्क्रमण दर अहिले ह्वातै बढेको छ ।

हेटौँडा अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या पनि बढेको छ । १० दिन अघि मात्र १२ जना संक्रमित थिए, अहिले २८ जना पुगेका छन् , अस्पतालका डाक्टर सगर काफ्लेले बताए । उनका अनुसार १० दिन अघिसम्म कोरोना संक्रमित बिरामी अस्पतालको आकस्मिक कक्षमा १ जना २ जना मात्र आउँथे तर अहिले १० जना सम्म आउन थालेका छन् ।

 नागरिकले निषेधाज्ञा खुकुलो हुने बित्तिकै लापरबाही गरेकाले पुनः संक्रमित ह्वात्तै बढेको उनी बताउँछन् । यस्तै हो भने हेटौँडामा पहिलेकै जस्तो सङ्क्रमितको सङ्ख्या बढ्दै जाने र मृत्युदर पनि बढ्ने उनको अनुमान छ ।

स्वास्थ्य कार्यालयका अनुसार गएको २४ घण्टामा जिल्लामा ७४ जना नयाँ संक्रमित थपिएका छन् । हाल संस्थागत आइसोलेसनमा ५५ जना र होम आइसोलेसनमा ५ सय ४३ जना रहेका छन् मकवानपुरमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ९८ रहेको छ । 

विगत २४ घण्टामा गरिएको १०५ जनाको पिसिआर परीक्षण जनामा ५६ जनाको पोजेटिभ देखिएको र ६६ जनाको एन्टिजेन परीक्षणमा 18 जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।त्यस्तै सोमवार सोमबार थप १४१ जनाले पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गराएका छन् ।

त्यस्तै हेटौँडा अस्पतालमा गएको २४ घण्टामा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेका ३ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।हेटौँडा २ निवासी ५५ वर्षीय पुरुषको हिजो साँझ ७ बजे निधन भएको हो । 

त्यस्तै हेटौँडा ४ निवासी ५२ वर्षीय पुरुषको सोमवार बिहान साढे १० बजे र हेटौँडा १५ निवासी ५४ वर्षीय पुरुषको सोमवार बिहान साढे ११ बजे निधन भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले बताए ।उनका अनुसार हाल हेटौँडा अस्पतालमा २८ जना कोरोना संक्रमित रहेका छन् हालसम्म अस्पतालमा १ सय ७ जनाको मृत्यु भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ